मन न हो

शब्द शब्द नरहन सक्छ यदि त्यो उपयुक्त ठाउँमा प्रयोग हुदैन भने । आच्छुुछु ….आत्था….जस्ता अनेकौ अनुक्रणात्मक शब्दहरु विथैमा प्रयोग गर्नुको के अर्थ। यसरि निकालिएका शब्दहरुलाई नाटकिय ढंगकैरुपमा अर्थ दिनु पर्छ। अझ अरु कुनै नयाँ प्रकारकै नाटकिय शब्दरचना भैदिए वेश हुने थियो। ओठको लाली लत्पतिएला भन्दै जोगाइ जोगाइ भट्याइएका बेमौसमी अनेकौ अनुक्रणात्मक शब्दहरु खुलामन्चमा अनेकौँ सुनेको छु। आजै बिहान मिरमिरे घाम नझुल्किदै उनैले पनि यस्ता धेरै शब्दहरु ओकलेकी थिईन। चिया को झुरुप मैले लिइरहदा पल्लो घरमा भर्खर बसाई सरेकी मैयाँले पनि कैँचिले हात च्याप्दा “आत्थाथा….” भन्ने शब्द खुलेआम प्रयोग गरिन, मैले समाएको चियाको तातोले  पोलेको त पक्कै होइन होला। मनैमन शब्दहरुको द्वन्द सुल्झाउदै क्याम्पसतिर हन्निन्छु। माइक्रोको ढोकाले एक कलेज पढ्ने तरुनिको हात च्यापदा निस्किएको “ouchh !” भन्ने शब्दले सोझै मेरो दाहिने कानमा घन्टी बजाउछ। बगिरहेको रगतको चाप बढ्न थाल्छ। आफैलाई नियन्त्रण गर्छु। आफ्नो भाषाको पहिचान आफै मेटाए जस्तो भान हुन्छ। अनेकौँ अनियन्त्रित रुपमा पसेका येस्ता शब्दहरु मेरो भकुन्डो जस्तो टाउको भित्र लुकामारी खेल्न थाल्छन । “आमा” को ठाउँ “mom” ले कब्जा गरेको कस्ले ख्याल गरेको होला र? बाबालाई बाबा भनेर बोलाउदा पाइने आत्मियताको आभाश ऐलेका “dad” भन्ने रैथाने केटाकेटीलाई के थाहा।
शब्दमा भएको यस्तो परिबर्तनले वाहिय व्यवहारमा पनि ठुलै असर गरेको कस्ले अनुमान गरेको छर?
सबै समय अनुसार नै चल्ने भन्छन तर समयलाई अढेस लगाएर आफ्नो नियत आफै परिबर्तन गरेको पत्तो छैन।

Leave a Comment:

SCROLL TO TOP